The Education Hub

कक्षा ११ काे छात्रवृत्ति छनोट सम्बन्धी परीक्षा काठमाडौँ महानगरपालिकाले आफै नै सञ्चालन गर्ने

      काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले निजी विद्यालयले कक्षा ११ का विद्यार्थीहरूका लागि वितरण गर्ने छात्रवृत्तिको लागि विद्यार्थी छनोट सम्बन्धी परीक्षा शैक्षिक सत्र २०८०/०८१ देखि काठमाडौँ महानगरपालिकाले आफै नै सञ्चालन  गर्ने बताएका छन् ।




काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ तथा शिक्षा नियमावली, २०७४ मा व्यवस्था भए बमोजिम काठमाडौँ महानगरपालिका अन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीहरूका लागि वितरण गर्ने छात्रवृत्तिको लागि विद्यार्थी छनोट सम्बन्धी परीक्षा शैक्षिक सत्र २०८०/०८१ देखि काठमाडौँ महानगरपालिकाले आफै नै सञ्चालन गरी सामुदायिक विद्यालयमा अध्ययन गरेको , जेहेन्दार, पिछडिएको क्षेत्र, जनजाती, आदिवासी,गरिव लगायतका छनोटका आधार तयार गरी योग्यताक्रमका आधारमा छात्रवृत्ति प्रदान गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि   सामाजिक सञ्जालमा स्पष्ट गरेका छन् । 

मेयर बालेन शाहकाे पेजबाट



Post a Comment

Previous Post Next Post